Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > रास्वपाले सांसदलाई ‘माननीय’ नलेख्न निर्देशन, कागजातमा एकरूपता लागू

रास्वपाले सांसदलाई ‘माननीय’ नलेख्न निर्देशन, कागजातमा एकरूपता लागू

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसदहरूलाई औपचारिक कागजातमा “माननीय” सम्बोधन प्रयोग नगर्न निर्देशन दिएको छ।

संसदीय दलको बैठकले लेटरहेड, कार्डलगायत सबै कागजातमा एकरूपता कायम गर्न पनि निर्देशन दिएको छ। पार्टीले सांसदहरूलाई सल्लाहकार र मेन्टरबाट सुझाव लिएर काम गर्न आग्रह गरेको छ।

त्यस्तै, आगामी निर्वाचन तयारीका क्रममा उम्मेदवार छनोटमा अनावश्यक प्रतिबद्धता नगर्न र गलत अभ्यास भए कारबाही हुने चेतावनी पनि दिइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *