काठमाडौं। नेकपा (एमाले) का नेता सुहाङ नेम्बाङले स्पष्ट बहुमत हुँदाहुँदै सरकारले अध्यादेश ल्याउनुको कारणबारे प्रश्न उठाएका छन्।
उनले राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकारलाई संसद् छलेर अध्यादेश ल्याउनु लोकतान्त्रिक मूल्य र संसदीय अभ्यासविपरीत भएको टिप्पणी गरेका छन्।
नेम्बाङले संविधानअनुसार ‘बाध्यात्मक अवस्था’ मा मात्र अध्यादेश ल्याउन पाइने उल्लेख गर्दै वर्तमान अवस्थामा यस्तो आवश्यकता किन पर्यो भन्ने स्पष्ट पार्न सरकारसँग माग गरेका छन्।


