विराटनगर। मोरङको विराटनगर–९ पतञ्जलि रोडबाट प्रहरीले खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा स्थानीय २५ वर्षीय बाबु मियाँ र भारत, बिहारका ३० वर्षीय मोहमद अब्दुल्ला रहेका छन्। उनीहरूको साथबाट १९१ ग्राम खैरो हेरोइन बरामद भएको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको छ र पक्राउ परेकामाथि कानुनी प्रक्रिया अघि बढाइएको छ।


