काठमाडौं । काठमाडौं चक्रपथ विस्तारको दोस्रो चरणका लागि नेपाल र चीनबीच सम्झौता भएको छ। चीनले करिब ११ अर्ब रुपैयाँ अनुदान दिने सहमति भएको हो।
सम्झौता अनुसार कलंकीदेखि बसुन्धारासम्म ८.२ किलोमिटर सडक तथा पुल निर्माण गरिनेछ। परियोजनामा भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री सुनील लम्साल र चिनियाँ राजदूत झांग माओमिंगले हस्ताक्षर गरेका छन्।
यसअघि कोटेश्वर–कलंकी खण्डको पहिलो चरण सम्पन्न भइसकेको थियो।


