काठमाडौं । प्रतिनिधि सभाका विपक्षी दलहरूले सरकारले संसद् अधिवेशन स्थगित गरी अध्यादेश ल्याएको कदमलाई असंसदीय र अलोकतान्त्रिक भन्दै आपत्ति जनाएका छन्।
संयुक्त बैठकपछि जारी विज्ञप्तिमा उनीहरूले अध्यादेश फिर्ता लिन र तत्काल संसद् अधिवेशन आह्वान गर्न माग गरेका छन्। साथै, संसद् छल्ने उद्देश्यले ल्याइएको अध्यादेश स्वीकृत नगर्न राष्ट्रपतिलाई आग्रहसमेत गरेका छन्।


