काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारले ल्याएको अध्यादेशलाई सुधारमुखी कदम भएको बताएका छन्।
संसदीय दलको बैठकमा उनले विगतमा जस्तो दल फुटाउने वा प्रतिपक्षलाई दबाउने उद्देश्य नभई कानुनी सुधारका लागि अध्यादेश ल्याइएको दाबी गरे।
लामिछानेले दलीयकरण र गलत नियुक्ति नहटाएसम्म जनअपेक्षा पूरा नहुने भन्दै पारदर्शी र इमानदार अभ्यास आवश्यक रहेको बताए।


