करेन्ट लागेर धनगढीमा महिलाको ज्यान गयो April 30, 2026April 30, 2026 स्थानीय समाचार 0 कैलाली । धनगढी उपमहानगरपालिका–३ विशालनगरकी ३० वर्षीया नन्दकला विकको करेन्ट लागेर मृत्यु भएको छ। प्रहरीका अनुसार पानी तान्ने मोटरबाट करेन्ट प्रवाह हुँदा गएराति घटना भएको हो। शव परीक्षणका लागि अस्पताल पठाउने तयारी भइरहेको छ।