Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > सर्वोच्चमा रवि लामिछाने प्रकरणको पूर्ण इजलासमा सुनुवाइ

सर्वोच्चमा रवि लामिछाने प्रकरणको पूर्ण इजलासमा सुनुवाइ

काठमाडौं । पूर्वउपप्रधान तथा गृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछानेविरुद्धको मुद्दासम्बन्धी विवाद आज सर्वोच्च अदालतको पूर्ण इजलासमा सुनुवाइ हुँदैछ।

महान्यायाधिवक्ता कार्यालयले सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोग संशोधन गर्ने निर्णय गरेपछि त्यसविरुद्ध परेको रिटमाथि सुनुवाइ हुन लागेको हो।

यसअघि स्थगित भएको यो मुद्दा अब न्यायाधीशहरूको पूर्ण इजलासमा पुनः अघि बढेको छ। रिट निवेदकहरूले उक्त निर्णयले अभियोजन प्रक्रिया कमजोर बनाएको दाबी गर्दै बदरको माग गरेका छन्।

सर्वोच्चको आजको सुनुवाइलाई यस प्रकरणको महत्वपूर्ण चरणका रूपमा हेरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *