काठमाडौँ । अखिल नेपाल सुकुमबासी सङ्घले आम हडतालसम्म पुग्ने गरी चरणबद्ध आन्दोलन घोषणा गरेको छ। सङ्घले भूमिहीन दलित र सुकुमबासीको समस्या समाधान र लालपुर्जा वितरणको माग राखेको छ।
आन्दोलनअन्तर्गत विभिन्न चरणमा सरकारी निकायमा ज्ञापनपत्र दिने, विरोध कार्यक्रम गर्ने र देशव्यापी हस्ताक्षर अभियान चलाउने योजना सार्वजनिक गरिएको छ। अन्तिम चरणमा अनिश्चितकालीन आम हडताल गर्ने चेतावनी दिइएको छ।
सङ्घले माग सम्बोधन नभए ठूलो आन्दोलनमा जाने र राजधानी केन्द्रित प्रदर्शनसमेत गर्ने जनाएको छ।


