Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > सहकारी अध्यादेश जारीपछि राष्ट्रपति कानुनविद्सँग परामर्शमा

सहकारी अध्यादेश जारीपछि राष्ट्रपति कानुनविद्सँग परामर्शमा

काठमाडौँ । सहकारीसम्बन्धी अध्यादेश जारी गरेपछि राष्ट्रपति रामचन्द्र पौडेल अन्य अध्यादेशबारे छलफल गर्न कानुनविद्सँग परामर्शमा बसेका छन्।

शीतल निवासमा जारी छलफलमा सरकारले पठाएका विभिन्न अध्यादेशहरूको संवैधानिक पक्षबारे विचार-विमर्श भइरहेको राष्ट्रपति कार्यालयले जनाएको छ।

सरकारले केही दिनअघि सहकारीसहित संवैधानिक परिषद्, स्वास्थ्य विज्ञान प्रतिष्ठान र विश्वविद्यालयसम्बन्धी अध्यादेश सिफारिस गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *