काठमाडौँ । सरकारले काठमाडौं उपत्यकाका सुकुम्वासी बस्तीहरू खाली गर्ने तयारी गरेपछि स्थानीय बासिन्दाले आफ्ना सामान सार्न थालेका छन्।
वैशाख १८ गते बिहानदेखि एकैपटक बस्ती खाली गर्ने सूचना जारी भएपछि देवीनगर, बल्खु लगायतका क्षेत्रमा बसोबास गर्नेहरूले सुरक्षित स्थानमा सामान सारेका हुन्।
महानगर प्रहरी बलले माइकिङ गर्दै बस्ती खाली गर्न आग्रह गरेको छ। प्रशासनले यसलाई मानवीय उद्धार र जोखिम न्यूनीकरणका लागि गरिएको जनाएको छ।


