काठमाडौँ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल भ्रष्टाचार मुद्दामा प्रतिवादी रहेका पूर्वमन्त्री डा. रामशरण महतको स्वास्थ्य जाँच गर्न विशेष अदालतले आदेश दिएको छ।
अदालतले वीर अस्पतालको मेडिकल बोर्डमार्फत महतको स्वास्थ्य अवस्था परीक्षण गरी प्रतिवेदन पेश गर्न निर्देशन दिएको हो। उनकी श्रीमतीले उनी अल्जाइमर्स रोगका कारण बयान दिन असमर्थ रहेको भन्दै निवेदन दिएकी थिइन्।
अख्तियारले विमानस्थल निर्माणसम्बन्धी निर्णयमा अनियमितता भएको आरोपमा महतसहित ५५ जनाविरुद्ध मुद्दा दायर गरेको छ।


