बिराट व्यापार संघको अधिवेशनबाट प्रमोद अग्रवाल अध्यक्ष पदमा निर्वाचित भएका छन्। नव–निर्वाचित अध्यक्ष अग्रवालसहित सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ। नयाँ नेतृत्वले संघलाई अझ सशक्त बनाउँदै व्यापारिक हितमा काम गर्ने अपेक्षा गरिएको छ।


