Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > पोखरामा सुकुमबासी व्यवस्थापन जटिल: सेतो पुर्जादेखि डोजर चेतावनीसम्म

पोखरामा सुकुमबासी व्यवस्थापन जटिल: सेतो पुर्जादेखि डोजर चेतावनीसम्म

पोखरा — पोखरा महानगरले करिब १९ हजारभन्दा बढी सुकुमबासी परिवारलाई सेतो पुर्जा (निस्सा) वितरण गरे पनि अब उनीहरूले लालपुर्जा पाउने विषय अनिश्चित बनेको छ। महानगरले चरणबद्ध रूपमा जग्गा व्यवस्थापन गर्दै लालपुर्जा दिने तयारी गरिरहेको जनाएको छ।

तर अर्कोतर्फ, सार्वजनिक र सरकारी जग्गा खाली गर्न ३५ दिनको अल्टिमेटम जारी भएपछि बस्ती हटाउने प्रक्रिया पनि अघि बढेको छ। यसले सेतो पुर्जा पाइसकेका बासिन्दामा अन्योल र त्रास बढाएको छ।

स्थानीय सुकुमबासी प्रतिनिधिहरूले भने वास्तविक भूमिहीनको व्यवस्थापन नगरी जबर्जस्ती हटाइए प्रतिरोध हुने चेतावनी दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *