काठमाडौं — नेपाल बार एसोसिएसनका अध्यक्ष डा. विजयप्रसाद मिश्रले कानुन व्यवसायीहरूको सामाजिक सञ्जाल र सार्वजनिक मञ्चमा हुने अराजक टिप्पणी तथा व्यवहार नियमन गर्न बार काउन्सिलले अनुगमन सुरु गरेको बताएका छन्।
यसका लागि काउन्सिलमा छुट्टै एकाइ गठन गरिएको छ। उनले एआईको प्रयोग उपयोगी भए पनि त्यसले सृजनशीलता घटाउन सक्ने भन्दै सावधानी अपनाउन सुझाव दिए। साथै, कानुन व्यवसायीलाई प्रविधिमैत्री बनाउन एआईसम्बन्धी प्रशिक्षण कार्यक्रम पनि सञ्चालन गरिने भएको छ।


