काठमाडौं — पूर्वप्रधानमन्त्री माधव नेपालले सुकुमबासीको पहिचान र वैकल्पिक व्यवस्था नगरी डोजर चलाइएको भन्दै सरकारको आलोचना गरेका छन्।
उनले जनताको बास बस्ने अधिकार खोस्ने काम भइरहेको भन्दै सरकारका सुरुआती कदम सकारात्मक नदेखिएको टिप्पणी गरे। साथै, जनविरोधी गतिविधि नगर्न सरकारलाई सचेत गराउँदै उचित कदम चाल्न आग्रह गरेका छन्।


