Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > श्रमिक झुपडी हटाउने कदम फाँसीवादी भन्दै ट्रेड युनियनको कडा आपत्ति

श्रमिक झुपडी हटाउने कदम फाँसीवादी भन्दै ट्रेड युनियनको कडा आपत्ति

काठमाडौं — अखिल नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष जगतबहादुर सिम्खडाले श्रमिकका बस्ती र झुपडीमा डोजर चलाउने कार्यलाई ‘फाँसीवादी चिन्तन’ भन्दै कडा आलोचना गरेका छन्।

श्रमिक दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले श्रमिक अधिकार र ट्रेड युनियनमाथि दबाब बढिरहेको आरोप लगाउँदै त्यसविरुद्ध सशक्त आन्दोलन गर्ने चेतावनी दिए।

उनले श्रम ऐनका केही प्रावधान खारेज गर्नुपर्ने माग गर्दै बढ्दो महँगी र न्यून ज्यालाले श्रमिक जीवन कठिन बनेको पनि बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *