काठमाडौं — नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपाल–भारत सीमा क्षेत्रमा गरिएको भन्सार कडाइका कारण स्थानीय नागरिकको दैनिकी प्रभावित भएको भन्दै सरकारको ध्यानाकर्षण गराउने बताएका छन्।
उनले सीमा क्षेत्रमा बस्ने नागरिकलाई अनावश्यक दुःख नदिन र व्यवहारिक पक्षलाई ध्यानमा राख्न सरकारलाई सुझाव दिए। साथै, सीमा कडाइका क्रममा सुरक्षाकर्मीको व्यवहारले जनताको आत्मसम्मानमा चोट पुगेको पनि उल्लेख गरे।


