काठमाडौं — भारतले आगामी जुन महिनादेखि चीनसँगको सहकार्यमा लिपुलेक मार्ग हुँदै कैलाश मानसरोवर यात्रा पुनः सुरु गर्ने भएको छ। यसमार्फत करिब ५०० भारतीय तीर्थयात्रीलाई तिब्बतस्थित पवित्र स्थलको दर्शनको अनुमति दिइनेछ।
चीनले पनि यस यात्रालाई स्वागत गर्दै करिब १,००० भारतीय तीर्थयात्रीलाई सहजीकरण गर्ने जनाएको छ। लिपुलेक मार्गलाई लिएर नेपालले यसअघि आपत्ति जनाउँदै आएको भए पनि भारत–चीनबीचको सहमति अनुसार यात्रा अघि बढाइने भएको हो।


