काठमाडौं । हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाहलाई संसद् बैठक चाँडै बोलाउन आग्रह गरेका छन्।
आइतबार फेसबुकमार्फत भिडियो सन्देश दिँदै उनले सदन बारम्बार स्थगित हुनु गलत भएको भन्दै जनताको आवाज सुन्न र बहस अघि बढाउन बैठक आवश्यक रहेको बताए।
सुकुम्बासी बस्तीमा मात्र केन्द्रित भएर सुशासन नआउने उल्लेख गर्दै उनले बजेट पास र विकास निर्माणका काम कहिले हुने भनेर पनि प्रश्न उठाएका छन्।


