Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > पुनम यादवद्वारा नेकपा त्याग, अन्तर्घातको आरोप

पुनम यादवद्वारा नेकपा त्याग, अन्तर्घातको आरोप

रौतहट–३ बाट गत प्रतिनिधिसभा निर्वाचनमा नेकपाकी उम्मेदवार पुनम यादवले पार्टी त्याग गरेकी छन्। पार्टीभित्रकै नेताहरूले अन्तर्घात गरेको आरोप लगाउँदै उनले राजीनामा दिएको बताएकी हुन्।

निर्वाचनमा उनले ३,८८१ मत ल्याएर पाँचौँ स्थान हासिल गरेकी थिइन् भने रास्वपाका रवीन्द्र पटेल विजयी भएका थिए।

यादवले १० वर्ष पार्टीमा काम गरे पनि उचित जिम्मेवारी नपाएको, पुरानै नेतृत्व र युवालाई अवसर नदिने प्रवृत्ति कायम रहेको आरोप लगाइन्। हाल उनले स्वतन्त्र रूपमा जनसेवा गर्ने बताउँदै अन्य दलमा जाने योजना नभएको स्पष्ट पारेकी छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *