Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > गृहमन्त्री गुरुङको सम्पत्तिमाथि हदबन्दी प्रश्न

गृहमन्त्री गुरुङको सम्पत्तिमाथि हदबन्दी प्रश्न

काठमाडौं: गृहमन्त्री सुधन गुरुङ को सम्पत्ति विवरणले हदबन्दी सम्बन्धी प्रश्न उठाएको छ। विवरणअनुसार उनका बाजेको नाममा गोरखामा २२१ रोपनी जग्गा रहेको उल्लेख छ, जुन कानुनी हदबन्दीभन्दा बढी हुन सक्ने देखिन्छ।

कानुन अनुसार यस्तो जग्गा व्यक्तिगत नाममा सार्न नमिल्ने र सरकारले चाहेमा अतिरिक्त जग्गा जफत गर्न सक्ने कानुनी व्यवस्था रहेको कानुनविद्हरूको भनाइ छ।

अन्य मन्त्रीहरूको सम्पत्ति भने हदबन्दीभित्रै देखिए पनि त्यसको स्रोतको सत्यता छानबिन गर्नुपर्ने आवश्यकता औंल्याइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *