राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले सिफारिस गरेको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुनर्विचारका लागि फिर्ता पठाएका छन्। उनका कानुनी सल्लाहकारका अनुसार अध्यादेश अध्ययनपछि सुधारका लागि सरकारलाई फर्काइएको हो। यसअघि पनि यस्तै अध्यादेश फिर्ता गरिएको थियो। वैशाख १४ गतेको मन्त्रिपरिषद् बैठकले यो अध्यादेशसहित केही अन्य अध्यादेश राष्ट्रपति कार्यालयमा पठाएको थियो।


