Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > इन्धन मूल्य वृद्धिले आन्तरिक उडान संकटमा

इन्धन मूल्य वृद्धिले आन्तरिक उडान संकटमा

काठमाडौं । वायुसेवा सञ्चालक संघले हवाई इन्धनको मूल्य तीव्र रूपमा बढेपछि आन्तरिक उडान सेवा संकटमा परेको जनाएको छ।

संघले मन्त्री खड्कराज पौडेललाई पत्र लेख्दै राहत र सहुलियतको माग गरेको छ। इन्धन खर्च अत्यधिक बढ्दा कुल खर्चको ५५–६० प्रतिशत हिस्सा इन्धनमै जान थालेको र आम्दानी घट्दा सञ्चालन कठिन भएको बताइएको छ।

संघले विमानस्थल शुल्कमा छुट, सेवा शुल्क घटाउने र डलरमा लिइने शुल्क रुपैयाँमा रूपान्तरण गर्न माग गर्दै तत्काल कदम नचाले उडान सेवा प्रभावित हुने चेतावनी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *