Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > बागमती किनारका बस्ती हटाउने अभियान: १,८१६ परिवार सम्पर्कमा

बागमती किनारका बस्ती हटाउने अभियान: १,८१६ परिवार सम्पर्कमा

सरकारले बागमती नदी र सहायक नदी किनारका जोखिमयुक्त संरचना हटाउने अभियान जारी राखेको छ। हालसम्म १,८१६ परिवारका ७,७८९ जना सरकारको सम्पर्कमा आएका छन्।

त्यसमध्ये ७९४ जनालाई विभिन्न होल्डिङ सेन्टरमा स्थानान्तरण गरिएको छ भने बाँकीले अस्थायी रूपमा आफ्नै व्यवस्था गरेको जनाइएको छ। कीर्तिपुर, नयाँ बसपार्क, भक्तपुर लगायतका स्थानमा होल्डिङ सेन्टर सञ्चालनमा छन्। सरकारले जोखिमयुक्त बस्तीलाई सुरक्षित स्थानमा सार्ने अभियानलाई तीव्रता दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *