सरकारले इजरायल, कुवेत, बहराइन र लेबनानका लागि पुनः श्रम स्वीकृति (श्रम अनुमति) प्रक्रिया सुचारु गरेको छ।
वैदेशिक रोजगार विभागका अनुसार चैत ३० गतेको मन्त्रीस्तरीय निर्णयअनुसार बुधबारदेखि यी चार देशका लागि रोकिएको श्रम स्वीकृति पुनः खुलाइएको हो।
यसअघि मध्यपूर्वका अन्य केही देशहरूमा पनि श्रम स्वीकृति पुनः सुरु भइसकेको थियो। सरकारले सुरक्षा अवस्थालाई ध्यानमा राख्दै यसअघि अस्थायी रूपमा प्रक्रिया स्थगित गरेको थियो।


