Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > पोखराका सुकुमबासीको आन्दोलन घोषणा, व्यवस्थापनबिना हटाउने निर्णयप्रति आपत्ति

पोखराका सुकुमबासीको आन्दोलन घोषणा, व्यवस्थापनबिना हटाउने निर्णयप्रति आपत्ति

पोखराका भूमिहीन तथा सुकुमबासीहरूले उचित विकल्प र व्यवस्थापन बिना आफूहरूलाई हटाउन खोजिएको भन्दै आन्दोलनका कार्यक्रम घोषणा गरेका छन्। पोखरा महानगरपालिकाले सार्वजनिक जग्गामा बनेका संरचना ३५ दिनभित्र हटाउन दिएको सूचनापछि उनीहरू आन्दोलित बनेका हुन्।

संघर्ष समितिले चरणबद्ध शान्तिपूर्ण आन्दोलन गर्ने घोषणा गर्दै पहिला व्यवस्थापन गर्न सरकारसँग माग गरेको छ। समितिले आवश्यक समन्वय नभए आन्दोलन कडा बनाउने चेतावनी दिएको छ। महानगरले भने वास्तविक सुकुमबासीलाई व्यवस्थापन गरी सार्वजनिक जग्गा खाली गराउने तयारी गरिरहेको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *