काठमाडौं — पूर्वराष्ट्रपति र पूर्वप्रधानमन्त्रीसहित पूर्वभीआईपीहरूको विदेश उपचार खर्च राज्यकोषबाट व्यहोर्ने व्यवस्था रोक्न माग गर्दै सर्वोच्चमा रिट दायर भएको छ। अधिवक्ता सरोज न्यौपानेले दायर गरेको रिटमा उक्त व्यवस्था गैरकानुनी भएको दाबी गरिएको छ। सुनुवाइ शुक्रबार तोकिएको छ।


