Friday, June 05, 2026
Home > मुख्य समाचार > प्रशासनिक सुधारको तयारी: केन्द्रमा मन्त्रालय १७ मा सीमित गरिने

प्रशासनिक सुधारको तयारी: केन्द्रमा मन्त्रालय १७ मा सीमित गरिने

काठमाडौं । सरकारले प्रशासनिक सुधारअन्तर्गत केन्द्र सरकारका मन्त्रालयको संख्या घटाएर १७ मा सीमित गर्ने तयारी गरेको छ। आज बस्ने मन्त्रिपरिषद् बैठकमा मन्त्रालय गाभ्ने र खारेज गर्ने प्रस्तावित खाका पेस गरिँदैछ।

कार्यदलको सिफारिसअनुसार केही मन्त्रालय खारेज हुने र केहीको संरचना तथा नाम परिवर्तन गरिने योजना छ। खेलकुदलाई शिक्षासँग, खानेपानी र सहरी विकासलाई भौतिक पूर्वाधारसँग गाभ्ने तयारी गरिएको छ।

यस्तै, महिला, बालबालिका, स्वास्थ्य र सामाजिक सुरक्षालाई समेटेर नयाँ मन्त्रालय बनाउने तथा केही प्रमुख विषय प्रधानमन्त्री कार्यालय मातहत ल्याउने योजना पनि अघि सारिएको छ।

सरकारले यो कदम प्रशासनिक सुधार र कार्यक्षमता बढाउने लक्ष्यसहित अघि बढाएको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *