विराटनगर । ‘वुमन लिडरसिप समिट २०२६’ सोमबार आयोजना हुँदैछ, जसले महिला नेतृत्व, उद्यमशीलता र नवप्रवर्तनलाई जोड्दै क्षेत्रीय अर्थतन्त्रमा नयाँ बहस सुरु गर्ने अपेक्षा गरिएको छ।
नेपाल उद्योग परिसंघ (CNI) को आयोजनामा हुने सम्मेलनले विशेषगरी ग्रामीण र अर्धसहरी महिलालाई उद्यम र बजारसँग जोड्ने लक्ष्य लिएको छ।
समिटमा कृषि, उत्पादन, डिजिटल प्रविधि र वित्तीय पहुँच विस्तारका विषयमा छलफल हुदैछ। महिला सहभागिता र नेतृत्व बढाएर आर्थिक विकास तीव्र बनाउनेमा जोड दिइने छ।
कार्यक्रमको उद्घाटन हिकमतकुमार कार्की ले गर्नुभएको छ भने विभिन्न क्षेत्रका विज्ञ र उद्यमीहरूको सहभागिता रहेको छ।


