Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > चाम्लिङ कम्प्लेक्समा ‘नक्कली हतियार’ भेटिएको स्पष्टता, अनुसन्धान जारी

चाम्लिङ कम्प्लेक्समा ‘नक्कली हतियार’ भेटिएको स्पष्टता, अनुसन्धान जारी

काठमाडौं । अनामनगर–घट्टेकुलो क्षेत्रमा घर टहरा हटाउने क्रममा चाम्लिङ कम्प्लेक्सबाट भेटिएका हतियारजस्ता सामग्री वास्तविक नभएको खुलेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौं का अनुसार ती सामग्री फिल्म निर्माण कम्पनीका डमी प्रोप्स हुन्। प्रहरीका अनुसार कम्ब्याट ड्रेस र नक्कली हतियार मात्र बरामद भएको हो।

घरधनी इन्द्र चाम्लिङ लाई सोधपुछका लागि नियन्त्रणमा लिइए पनि आवश्यक बयानपछि छाडिएको छ।

घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *