पोखरा । पृथ्वीचोकमा बसपार्क निर्माणका लागि ५० वर्षअघि छुट्याइएको २०५ रोपनी जमिन अतिक्रमणका कारण खुम्चिएर ४७ रोपनीमा सीमित भएको छ।
हाल उक्त क्षेत्रमा ४०० भन्दा बढी सुकुम्वासी परिवार बस्दै आएका छन्, जसका कारण बसपार्क निर्माण हुन नसक्दा यातायात व्यवस्थापन अस्तव्यस्त बनेको छ।
पोखरा महानगरपालिकाले अतिक्रमित संरचना हटाउन ३५ दिने सूचना जारी गरेपछि स्थानीयले भने उचित व्यवस्थापन बिना विस्थापन नगर्न माग गरेका छन्।
सरोकारवालाहरूले बसपार्क निर्माणमा सहमति जनाए पनि पहिले वैकल्पिक बसोबास सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन्।


