Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > नेकपा बैठकबाट टाढिए भीम रावल, असन्तुष्टि झन् गहिरिँदै

नेकपा बैठकबाट टाढिए भीम रावल, असन्तुष्टि झन् गहिरिँदै

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता भीम रावल पार्टी गतिविधि र बैठकहरूबाट टाढिँदै गएको देखिएको छ।

पार्टी स्रोतका अनुसार रावल पछिल्ला बैठकहरूमा सहभागी हुन छाडेका छन्। हालै बसेको बैठकमा पनि उनी अनुपस्थित रहेका थिए। एक नेताका अनुसार उनी “पार्टी छाडेजस्तै अवस्था” मा पुगेका छन्।

रावलले सुदूरपश्चिम प्रदेश इन्चार्जको जिम्मेवारी आफूलाई परामर्शबिना दिइएको भन्दै सार्वजनिक रूपमा असन्तुष्टि जनाइसकेका छन्। उनले पार्टीभित्र युवालाई प्राथमिकता दिनुपर्ने धारणा राख्दै उक्त निर्णयप्रति असहमति जनाएका थिए।

तर रावलले आफू पार्टी नछाडेको दाबी गर्दै अहिले अन्य काममा व्यस्त रहेको बताएका छन्। उनी यसअघि नेकपा एमालेबाट अलग भई मातृभूमि जागरण अभियान सञ्चालन गर्दै पछि नेकपामा समाहित भएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *