काठमाडौँ: आसिफ शेख ले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमान राष्ट्रिय क्रिकेट टोली विरुद्ध अर्धशतक प्रहार गरेका छन्।
कीर्तिपुरमा जारी खेलमा उनले ६६ बलमा ५० रन पूरा गर्दै नेपाललाई मजबुत सुरुआत दिलाए।
यो उनको एकदिवसीय अन्तर्राष्ट्रिय करिअरको १४औँ अर्धशतक हो। अर्जुन कुमालसँगको महत्वपूर्ण साझेदारीले नेपाललाई प्रतिस्पर्धात्मक योगफलतर्फ अघि बढाएको छ।


