जनकपुरधाम — मधेश प्रदेशमा कांग्रेस नेतृत्वको सरकार संकटमा परेको छ। मुख्यमन्त्री कृष्णप्रसाद यादव को पद धरापमा पर्ने देखिएको छ।
स्रोतका अनुसार जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र नेकपा एमाले ले समर्थन फिर्ता लिने तयारी गरेका छन्। यसअघि जनमत पार्टी ले पनि सरकार छाडिसकेको छ।
१०१ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ५१ आवश्यक पर्नेमा समर्थन घटेसँगै सरकार अल्पमतमा पर्ने निश्चितजस्तै देखिएको छ, जसले नयाँ सत्ता समीकरणको संकेत दिएको छ।


