Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > सुकुम्बासी बस्ती खाली गर्ने प्रक्रिया बारे सर्वोच्चले माग्यो विवरण

सुकुम्बासी बस्ती खाली गर्ने प्रक्रिया बारे सर्वोच्चले माग्यो विवरण

काठमाडौं — सर्वोच्च अदालत ले सुकुम्बासी बस्ती खाली गराउने निर्णय र प्रक्रियासम्बन्धी सम्पूर्ण कागजात झिकाउन आदेश दिएको छ।

न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासले सरकारलाई खाली गराउने क्रममा अपनाइएको विधि, कानुनी आधार र निर्णयसम्बन्धी विवरण पेस गर्न निर्देशन दिएको हो।

साथै, हटाइएका परिवारहरूको पुनःस्थापना, खानपिन, स्वास्थ्य सेवा र बालबालिकाको शिक्षासम्बन्धी व्यवस्था के गरिएको छ भन्ने विवरण पनि अदालतले माग गरेको छ।

रिट निवेदनमाथि सुनुवाइका लागि अदालतले वैशाख २३ गते अर्को पेसी तोकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *