काठमाडौं — प्रदीप पौडेल ले नेपाली कांग्रेसको क्रियाशील सदस्यता अब डिजिटल प्रणालीमार्फत एकपटक अद्यावधिक गरेपछि बारम्बार गर्न नपर्ने व्यवस्था सुरु गरिएको बताएका छन्।
उनका अनुसार वडा सभापतिहरूले डिजिटल प्रणालीमा सदस्य विवरण अद्यावधिक गर्नेछन् र त्यसपछि सबै सदस्यलाई ‘कांग्रेस आइडी’ प्राप्त हुनेछ। यसले पार्टीको सम्पूर्ण अभिलेख सुरक्षित र व्यवस्थित हुने बताइएको छ।
डिजिटल प्रणालीले सदस्यको योगदान, सूचना आदान–प्रदान, संगठनात्मक समन्वय र निर्वाचन व्यवस्थापनलाई सहज बनाउने कांग्रेसले जनाएको छ।


