काठमाडौं — आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट तयारीका लागि अर्थ मन्त्रालय ले विभिन्न मन्त्रालयहरूसँग बजेटसम्बन्धी छलफल सुरु गरेको छ।
अर्थ मन्त्रालयले गृह, श्रम, उद्योग, शिक्षा, सञ्चारलगायत नौ मन्त्रालयसँग नीति, कार्यक्रम, स्रोत व्यवस्थापन र बजेट प्राथमिकताबारे परामर्श गरेको हो।
अर्थमन्त्री स्वर्णिम वाग्ले को नेतृत्वमा भएको छलफलमा सचिव तथा उच्च अधिकारीहरूको सहभागिता रहेको थियो।
मन्त्रालयका अनुसार बाँकी मन्त्रालयहरूसँगको बजेट छलफल पनि जारी रहनेछ र आगामी बजेटको खाका अन्तिम चरणमा पुग्दैछ।


