Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > सुकुम्वासी बस्ती उठीबास विवाद: सर्वोच्चमा सुनुवाइ सकियो, आदेशको प्रतीक्षा

सुकुम्वासी बस्ती उठीबास विवाद: सर्वोच्चमा सुनुवाइ सकियो, आदेशको प्रतीक्षा

काठमाडौं — सुकुम्वासी बस्तीबाट उठीबास लगाउने कार्य रोक्न माग गरिएको रिटमा सर्वोच्च अदालत मा सुनुवाइ सकिएको छ।

न्यायाधीशद्वयको संयुक्त इजलासमा थापाथली, मनोहरा, सिनामंगललगायतका बस्तीमा जबरजस्ती हटाउने कार्य रोक्न माग गर्दै दायर रिटमाथि बहस सम्पन्न भएको हो। अब अन्तरिम आदेशबारे निर्णय आउन बाँकी छ।

निवेदकहरूले सरकारी हटाउने निर्णय गैरकानुनी भएको दाबी गर्दै पुनःस्थापना र वैकल्पिक व्यवस्थापनको माग गरेका छन्।

यसअघि पनि अदालतले यस विषयमा सरकारसँग लिखित जवाफ माग गर्दै छलफलका लागि बोलाएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *