Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > नीति तथा कार्यक्रम ‘बहकावमा लेखिएको’ : कांग्रेस सांसद कर्ण

नीति तथा कार्यक्रम ‘बहकावमा लेखिएको’ : कांग्रेस सांसद कर्ण

काठमाडौं । नेपाली कांग्रेसका सांसद रञ्जित कर्णले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बहकावमा लेखिएको हुन सक्ने टिप्पणी गरेका छन्।

राष्ट्रियसभा बैठकमा बिहीबार बोल्दै उनले ७ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य वर्तमान परिस्थितिमा प्राप्त गर्न कठिन हुने बताए। लक्ष्यअनुसारको लगानी र कार्यान्वयन क्षमता कमजोर रहेको उनको भनाइ थियो।

कर्णले सरकारको विकास खर्च गर्ने क्षमता कमजोर रहेको उल्लेख गर्दै प्रत्येक तीन महिनामा खर्च विवरण संसद्मा पेस गर्नुपर्ने सुझाव दिए। साथै सहकारी समस्या समाधानका लागि बनाइएको कोष दीर्घकालमा जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *