काठमाडौं — कम्बोडियामा अवैध रूपमा बसिरहेका र ‘स्क्यामिङ सेन्टर’मा काम गरिरहेका एक सयभन्दा बढी नेपालीले स्वदेश फर्कन नाम दर्ता गरेका छन्।
थाइल्याण्डस्थित नेपाली दूतावासका अनुसार १०२ जनाको विवरण कम्बोडिया सरकारलाई सजाय मिनाहाका लागि पठाइएको छ। हाल ७२ जना नेपाली डिपोर्टेसन सेन्टरमा रहेका छन्।
मानव तस्करीमार्फत कम्बोडिया पुगेका नेपालीहरू अवैध अनलाइन ठगी धन्दामा संलग्न रहेको पाइएको छ। कडा कानुन लागू भएपछि धेरै नेपाली कारबाहीको जोखिममा परेका छन्।
दूतावासले अवैध गतिविधिबाट टाढा रहन र आवश्यक परे स्वदेश फर्कन आग्रह गरेको छ।


