Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > समस्याग्रस्त सहकारीका बचत फिर्ता जेठ पहिलो सातादेखि सुरु हुने

समस्याग्रस्त सहकारीका बचत फिर्ता जेठ पहिलो सातादेखि सुरु हुने

काठमाडौं । सरकारले समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम जेठ पहिलो सातादेखि फिर्ता गर्ने तयारी गरेको छ।

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले विवरण संकलन पूरा गर्दै करिब ७६ हजार बचतकर्ताको झन्डै ४६ अर्ब रुपैयाँ फिर्ता गर्नुपर्ने जनाएको छ। यसमा १८ हजारभन्दा बढी ठूला बचतकर्ता रहेका छन्।

समितिले सुरुमा साना बचतकर्तालाई प्राथमिकता दिई रकम फिर्ता गर्ने र छुट भएकाहरूलाई पछि पुनः दाबी गर्ने अवसर दिने जनाएको छ। कर्जा असुली र बचत फिर्ता प्रक्रिया कानुनअनुसार कडाइका साथ अघि बढाइने बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *