Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > कांग्रेसका ५ भ्रातृ संगठन स्वतः विघटन

कांग्रेसका ५ भ्रातृ संगठन स्वतः विघटन

काठमाडौं – नेपाली कांग्रेसले पाँच भ्रातृ संगठन स्वतः विघटन भएको जनाएको छ। पार्टीको केन्द्रीय कार्यसम्पादन समितिले समयावधि थप नगर्ने निर्णय गरेसँगै नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ (नेविसंघ), नेपाल महिला संघ, नेपाल लोकतान्त्रिक खेलकुद संघ र नेपाल दलित संघ विघटन भएका हुन्।

पार्टीले म्याद सकिएका समितिहरूको समयमा गरेका निर्णय र मनोनयनहरू स्वतः अवैध हुने पनि स्पष्ट पारेको छ। तर, नेपाल थारु सङ्घको महाधिवेशन जेठ १६–१७ मा तय भएकाले समयावधि थप गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *