दाङ – बाँके प्रहरीले खुकुरी समातेको भिडियो सामाजिक सञ्जालमा पोस्ट गर्ने दुई युवालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा नेपालगन्जका अजय कुमाल र डुडुवाका अनिल खटिक रहेका छन्।
प्रहरीका अनुसार उनीहरूले डरत्रास फैलाउने किसिमको गतिविधि गरेको आरोपमा पक्राउ गरिएको हो। दुवै जनामाथि म्याद थप गरी अनुसन्धान भइरहेको छ।


