Friday, June 05, 2026
Home > स्थानीय समाचार > सलकपुरमा ट्रक–मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

सलकपुरमा ट्रक–मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

मोरङ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सुन्दरहरैँचा–७ सलकपुरमा ट्रक र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

ओभरटेक गर्ने क्रममा मोटरसाइकल ट्रकसँग ठोक्किँदा २० वर्षीय अनिष बुढाथोकीको मृत्यु भएको प्रहरीले जनाएको छ। घाइते दुई जनाको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ।

ट्रक चालकलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *