विराटनगर भन्सार आइसिपि मा एमआरपी नभएका सामानमा कडाइपछि ४०० भन्दा बढी ट्रक ८ दिनदेखि रोकिएका छन्।
अर्बौं मूल्यका वस्तु अलपत्र परेपछि भन्सार विभाग र व्यवसायी दबाबमा छन्।
निकासका लागि आज प्रधानमन्त्रीसँग छलफल हुने तयारी छ, जसबाट समाधान निस्कने अपेक्षा गरिएको छ।


