काठमाडौं — नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनअन्तर्गत एसोसियटतर्फ १७ सदस्य निर्वाचित भएका छन्। मंगलबार सम्पन्न मतदानपछि सार्वजनिक मतपरिणाम अनुसार सचिन ढकाल १,३१८ मतसहित पहिलो स्थानमा रहे।
हेमन्त गोल्छा (१,२०२) र अम्बिकाप्रसाद पौडेल (१,१८३) पनि उच्च मतसहित विजयी भए। विजयी १७ सदस्यहरूको नामावली र प्राप्त मत :–
१. सचिन ढकाल : १,३१८
२. हेमन्त गोल्छा : १,२०२
३. अम्बिकाप्रसाद पौडेल : १,१८३
४. शक्तिकुमार वेगानी : १,१४२
५. उज्जवलकुमार श्रेष्ठ : १,१४०
६. ऋषि अग्रवाल : १,१२२
७. सुशील थापा : १,०९४
८. राजेशकुमार अग्रवाल : १,०८२
९. सुयस प्याकुरेल : १,०६९
१०. रामशरण भण्डारी : १,०४३
११. बाबुकाजी कार्की : १,००६
१२. देवराज रेग्मी : ९५४
१३. बाबु लामिछाने : ८६०
१४. ढोलप्रसाद अधिकारी : ८५८
१५. गोपाल खनाल : ८०४
१६. भरत रानाभाट : ७८८
१७. देशबन्धु बस्नेत (अजित) : ७७८
निर्वाचन समितिका अनुसार अब एसोसियट उपाध्यक्ष र महिला सदस्यतर्फको मतगणना सुरु गरिएको छ।


