पाँचथर — जंगली च्याउ खाँदा एकै परिवारका पाँच जना सिकिस्त बिरामी परेका छन्।
फिदिम नगरपालिका–२ ओदिनमा हर्कमाया राईले घर नजिकैबाट टिपेर ल्याएको च्याउको तरकारी खाएपछि परिवारका सदस्यहरूलाई वाकवाकी र पेट दुख्ने समस्या देखिएको हो।
बिरामीहरूमा बालबालिका र वृद्धसमेत रहेका छन्। उनीहरूलाई जिल्ला अस्पताल पाँचथरमा भर्ना गरिएको छ भने चिकित्सकका अनुसार अवस्था क्रमशः सुधार हुँदै गएको छ।


