उदयपुरको त्रियुगा नगरपालिका–३ लच्कास्थित नेपाल स्प्रिङ्ग पानी उद्योगलाई गुणस्तरहीन प्रशोधित पिउने पानी उत्पादन गरेको आरोपमा सिल गरिएको छ।
जिल्ला प्रशासन र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त अनुगमनमा मापदण्ड उल्लंघन र अस्वच्छ उत्पादन प्रक्रिया भेटिएपछि उद्योग तत्काल बन्द गरिएको हो। मापदण्ड पूरा नगरेसम्म सञ्चालन अनुमति नदिइने प्रशासनले जनाएको छ।


