विराटनगर — मोरङको बुढीगंगा गाउँपालिकास्थित मनमोहन प्राविधिक विश्वविद्यालयमा बी फार्मेसीका विद्यार्थीहरूले १६ बुँदे माग राख्दै तालाबन्दी र प्रदर्शन गरेका छन्।
मनमोहन प्राविधिक विश्वविद्यालय का विद्यार्थीहरूले शैक्षिक गुणस्तर, दक्ष शिक्षक, पूर्वाधार अभाव र प्रशासनिक अव्यवस्थाविरुद्ध विरोध जनाएका हुन्।
प्रदर्शनका क्रममा विद्यार्थीहरूले टायर बालेर आन्दोलन गरेपछि केही समय उपकुलपति कार्यकक्षमै थुनिएका थिए। स्थिति नियन्त्रणमा लिन प्रहरीले तीन जना विद्यार्थीलाई पक्राउ गरेको छ भने वार्ता प्रक्रिया अघि बढाइएको छ।


